National life

घरजग्गा बजारमा ‘यू–टर्न’: कारोबार ६.४२ प्रतिशत बढ्यो, काठमाडौंमा मूल्य साढे दुई गुणाले उकालो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.2kShares
घरजग्गा बजारमा ‘यू–टर्न’: कारोबार ६.४२ प्रतिशत बढ्यो, काठमाडौंमा मूल्य साढे दुई गुणाले उकालो
ncell

काठमाडौं - लामो समयदेखि सुस्त रहेको नेपालको घरजग्गा बजारमा पुनः सुधारको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा कारोबार संख्या, कारोबार मूल्य, राजस्व संकलन र बैंक कर्जाको प्रवाहमा वृद्धि देखिएको छ।

प्रतिवेदनअनुसार राष्ट्रिय स्तरमा घरजग्गा कारोबार संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लिखत पारित कारोबार ०.६२ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष राजीनामा कारोबार ३.२६ प्रतिशतले घटेको थियो। यसले बजारमा खरिदकर्ता र लगानीकर्ताको सक्रियता बढ्न थालेको संकेत गरेको राष्ट्र बैंकको निष्कर्ष छ।

समीक्षा अवधिमा देशभर १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। गत वर्षको सोही अवधिमा कारोबार रकम १ खर्ब ७ करोड रुपैयाँ रहेको थियो। यससँगै घरजग्गा कारोबारबाट संकलित राजस्व २३.७२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर संकलन ३१.४२ प्रतिशतले वृद्धि भएको छ।

यद्यपि, बैंक तथा वित्तीय संस्थाबाट आवासीय घरजग्गासहित यस क्षेत्रमा प्रवाह भएको कर्जा भने ५.५५ प्रतिशतले मात्र बढेको छ। गत वर्ष यस्तो कर्जा वृद्धि ७.५२ प्रतिशत रहेको थियो।

प्रदेशगत रूपमा बागमती प्रदेशले सबैभन्दा राम्रो प्रदर्शन गरेको छ। यहाँ राजीनामा कारोबार संख्या ३३.०१ प्रतिशतले बढेको छ भने कारोबार मूल्य १३१.५२ प्रतिशतले वृद्धि भएको छ। विपरीत, मधेश प्रदेशमा राजीनामा कारोबार ४.७९ प्रतिशतले घटेको छ भने कारोबार मूल्यमा २२.६७ प्रतिशतको वृद्धि मात्र देखिएको छ।

प्रतिवेदनअनुसार देशभर २.५ आनादेखि १० आनासम्मका प्लटको कारोबार सबैभन्दा बढी भएको छ।

महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १०८.४२ प्रतिशतले बढेको छ भने कारोबार मूल्य २२३.१२ प्रतिशतले उकालो लागेको छ। काठमाडौंपछि पोखरामा कारोबार संख्या ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत र भरतपुरमा २९.२१ प्रतिशतले वृद्धि भएको छ।

उपमहानगरपालिकामध्ये बुटवलमा कारोबार संख्या ५६.७९ प्रतिशतले बढेको छ। तर, कलैया उपमहानगरपालिकामा कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ भने नेपालगञ्जमा कारोबार भएको क्षेत्रफल ६८.२९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा सहज तरल

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?