National life

यी २० बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्दै अर्थमन्त्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२५ साउन २०८३, सोमबार
1.1kShares
यी २० बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँग छलफल गर्दै अर्थमन्त्री
ncell

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गर्दै आएका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरिरहेका छन्। उक्त भेटमा लगानी वातावरण सुधार, नीतिगत स्थायित्व, कर प्रणाली तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा चर्चा भइरहेको जनाइएको छ।

छलफलमा सहभागी कम्पनीहरूमा सूर्य नेपाल प्रा.लि., एनसेल आजियाटा लिमिटेड, आरती स्ट्राईप्स प्रा.लि., गोर्खा ब्रुअरी प्रा.लि., हिमालय एअरलाइन्स प्रा.लि., होङ्शी शिवम् सिमेन्ट प्रा.लि., डुसान इनरबिलिटी कम्पनी लिमिटेड, डाबर नेपाल (प्रा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लि.), बोटलर्स नेपाल (तराई) लिमिटेड, यूनिलिभर नेपाल लिमिटेड, एशियन पेन्ट्स (नेपाल) प्रा.लि., पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना लि., गोर्खा लाहारी प्रा.लि., ह्वासिन सिमेन्ट नारायणी प्रा.लि., न्यू होप एग्रो बिजनेश नेपाल प्रा.लि., नेपाल वेलहोप एग्रि–टेक प्रा.लि., वरुण बेभरेज नेपाल प्रा.लि., टर्किस एयरलाइन्स इन्कर्पोरेशन, भोटेकोशी पावर कम्पनी प्रा.लि.
nic asia capital
तथा बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. रहेका छन्।

सरकार र निजी क्षेत्रबीच समन्वय सुदृढ गर्दै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले यस्तो छलफल आयोजना गरिएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?