National life
cg eloctronics

नागढुंगा सुरुङमार्ग यात्रा गर्न आवश्यक एन-ट्याग कार्ड सानिमा बैंकबाट लिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
919Shares
नागढुंगा सुरुङमार्ग यात्रा गर्न आवश्यक एन-ट्याग कार्ड सानिमा बैंकबाट लिन सकिने
muktinatha bikash bank

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिनेछ ।

सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ ।

सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्याग बाट आफैं कट्टा भई गेट खुल्ने हुँदा यात्रुले लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउनेछन ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन । एन ट्यागमा ईसेवा, फोनपे तथा बैंकको मोबाइल बैंकिङ्ग सेवाबाट रिचार्ज गर्न सकिनेछ ।

बैंकले यो सेवा काठमाडौंभित्र मात्र नभई देशभरका शाखा सञ्जाल मार्फत उपलब्ध गराएको छ, जसले गर्दा उपत्यका बाहिरका सवारीधनीहरूले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्नेछन ।

“नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जाल मार्फत सर्वसाधारणसम्म यो सेवा पु¥याउन सानिमा बैंक प्रतिबद्ध छ,” सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल ले भने ।

everest bank

एन–ट्याग तथा यस सम्बन्धी थप जानकारीका लागि नजिकैको सानिमा बैंक शाखामा वा बैंकको ग्राहक सेवा वा ९८४७६९४५१० मा सम्पर्क गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
919SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?