National life

नागढुंगा सुरुङमार्गमा कहिले गुड्छ गाडी ?, अब सिस्नेखोलाबाट ७ मिनेटमै नागढुङ्गा पुग्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.4kShares
नागढुंगा सुरुङमार्गमा कहिले गुड्छ गाडी ?, अब सिस्नेखोलाबाट ७ मिनेटमै नागढुङ्गा पुग्न सकिने
ncell

काठमाडौँ। सरकारले लामो समयदेखि निर्माण गरिरहेको सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग अब छिट्टै सञ्चालन हुँदै छ।करिब २.६८८ किलोमिटर लामो यो सुरुङबाट यातायात सञ्चालन गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको हो।

विभिन्न पटक मिति सारिँदै आएको भए पनि यसपटक साउनको दोस्रो सातादेखि सुरुङमार्ग औपचारिक रूपमा खुल्ने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोजनाका अनुसार निर्माणसँग सम्बन्धित सबै मुख्य प्राविधिक तथा कानुनी प्रक्रिया पूरा भइसकेका छन्।

हाल अन्तिम चरणका केही भौतिक काम, पहिरो नियन्त्रण तथा मुआब्जा सम्बन्धी सीमित कार्य मात्र बाँकी रहेका छन्। समग्र प्रगति करिब ९९ प्रतिशत पुगेको र अधिकांश वित्तीय खर्च समेत सम्पन्न भइसकेको बताइएको छ।

प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसहित सांसदले सोमबार निर्माण सम्पन्न भइसकेको सुरुङ मार्ग अवलोकन गरेका छन्।

गजुरेलले स्थलगत निरीक्षण गर्दै प्रगतिको अवस्था बुझेका हुन्। आयोजना पक्षले सञ्चालनका लागि आवश्यक जनशक्ति तालिम तथा सुरक्षा प्रणाली परीक्षणको काम भइरहेको जानकारी दिएको छ।

सञ्चालन जिम्मा लिने कम्पनीका कर्मचारीलाई आवश्यक प्रशिक्षण सम्पन्न भएपछि मात्र पूर्ण रूपमा यातायात सञ्चालन गर्ने योजना रहेको छ। निर्माण पक्षका इन्जिनियरहरूले मूल्य वृद्धि र अतिरिक्त सुरक्षा संरचना थपिनुका कारण लागतमा वृद्धि भएको बताएका छन्।

सिस्नेखोलाबाट ७ मिनेटमै नागढुङ्गा पुग्न सकिने

प्रारम्भिक रूपमा तोकिएको समयभन्दा धेरै ढिलो भए पनि अहिले परियोजना सम्पन्नतर्फ उन्मुख भएको छ। सम्झौता अनुसार सुरुङ हस्तान्तरणको समय अझै केही समय बाँकी रहे पनि हाल सञ्चालनको तयारीलाई प्राथमिकता दिइएको छ।

सुरुङ सञ्चालनमा आएपछि सिस्नेखोला र नागढुङ्गा बीचको यात्रा करिब ७ मिनेटमै पूरा गर्न सकिने अपेक्षा गरिएको छ।

यसबीच सुरुङ सञ्चालन र व्यवस्थापन सम्बन्धी विवादका कारण पनि केही ढिलाइ भएको थियो। हाल भने नयाँ व्यवस्थापन मोडेलअनुसार सञ्चालन अघि बढाउने तयारी गरिएको छ।

नागढुङ्गा सुरुङमार्गबाट कुन कुन सवारी चल्न पाउनेछन् ?

सरकारले जारी गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा प्रयोगसम्बन्धी निर्देशिकाअनुसार सुरुङमार्ग सबै प्रकारका सवारीका लागि भने खुला हुनेछैन।

विशेष गरी पैदलयात्री, साइकल, दुईपांग्रे तथा तीनपांग्रे सवारी र अन्य नन–मोटोराइज्ड साधनलाई सुरुङभित्र प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

त्यस्तै, डिजेल, पेट्रोल, ग्यास वा अन्य कुनै पनि प्रकारका ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै यस्ता सवारीलाई वैकल्पिक पुरानो सडक प्रयोग गर्न निर्देशन दिइएको छ।

अन्य सामान्य चारपांग्रे तथा भारी सवारी साधनको हकमा भने चालकले चाहेको खण्डमा सुरुङमार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। नचाहेमा हाल प्रयोगमा रहेको पुरानै सडक मार्ग प्रयोग गर्न सकिनेछ, जसमा कुनै रोकटोक रहने छैन।

आयोजना पक्षका अनुसार सुरुङ प्रयोगलाई बाध्यकारी नभई वैकल्पिक सेवाका रूपमा राखिएको हो। सुरुङमार्ग प्रयोग गर्ने वा नगर्ने निर्णय सवारी चालकको आवश्यकतामा निर्भर रहने बताइएको छ। साथै, पुरानो सडक पनि हाल मर्मतपछि सहज अवस्थामा रहेको उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?