National life

अर्थमन्त्री वाग्लेको घोषणा : यही वर्ष पीटुपी लेन्डिङ कार्यान्वयनमा ल्याउँछौं (भिडियोसहित)

बजेट कार्यान्वयनमा सरकारको जोड, ४३१ बुँदा अघि बढाउने तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०४ भदौ २०८३, बिहिबार
1.1kShares
अर्थमन्त्री वाग्लेको घोषणा : यही वर्ष पीटुपी लेन्डिङ कार्यान्वयनमा ल्याउँछौं (भिडियोसहित)
ncell

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् ।

अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए । उनले सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै बजेटमा उल्लेख भएका कार्यक्रम तथा कानुन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि अझै थप छलफल गर्नुपर्छ । सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित अनुमोदन गराए पनि हुन्छ । हामी अहिले बजेट कार्यान्वयनको चरणमा छौं । हिजोमात्रै प्रधानमन्त्रीसँग हाम्रो कार्यसम्पादन सम्झौता भएको छ । मूलतः बजेटमा गरिएका प्रतिबद्धताहरूलाई नै हामीले लिपिबद्ध गरेका छौं ।’

भिडियो हेर्नुहोस्ः

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

मन्त्री वाग्लेका अनुसार प्रधानमन्त्रीसँग सरकारका कार्यसम्पादन सम्झौता भइसकेको छ । चालु आर्थिक वर्षको बजेटमा करिब ८० वटा परिच्छेदअन्तर्गत ४३१ वटा कार्यान्वयनयोग्य बुँदा समेटिएको उनले बताए । तीमध्ये अधिकांश काम सम्बन्धित मन्त्रालयबाटै अघि बढ्ने र अर्थ मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उनको भनाइ थियो ।

उनले बजेटमा उल्लेख गरिएका करिब २७ वटा ऐन पारित गर्ने सरकारको प्रतिबद्धता रहेको बताए । लगानीको वातावरण निर्माण तथा निजी क्षेत्रमैत्री वातावरण बनाउन केही ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले करिब १५ वटा ऐन खारेज गर्ने विधेयक समितिमा आउने बताए ।

उनले भने, ‘ करिब ८० वटा परिच्छेदमा ४३१ वटा कार्यान्वयनयोग्य बुँदा यसपटकको बजेटमा छन् । ती सबै काम अर्थमन्त्रीले मात्र गर्ने होइन । धेरैजसो काम सम्बन्धित मन्त्रालयहरूले नै गर्नेछन् । उद्योग, वाणिज्य, ऊर्जा, भौतिक पूर्वाधार तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा धेरै काम छन् । तर उहाँहरूलाई समन्वय र सहजीकरण गर्ने तथा अन्ततः स्रोतसाधनसँग जोडिएका विषयमा आवश्यक भूमिका निर्वाह गर्ने काम हाम्रो हो । त्यसैले अहिले हामी बजेट कार्यान्वयनको चरणमा छौं । बजेटमै उल्लेख गरिएका २७ वटा ऐन पारित गर्ने प्रतिबद्धता हामीले गरेका छौं । मुलुकमा लगानीको वातावरण बनाउन तथा व्यवसायीमैत्री र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न केही ऐन खारेजसमेत गर्दैछौं । १५ वटा ऐन खारेज गर्ने विधेयक समितिमै आउँदैछ ।’

मन्त्री वाग्लेका अनुसार नयाँ कानुन निर्माणतर्फ पनि सरकार अघि बढिरहेको छ । प्रस्तावित करिब २७ वटा ऐनमध्ये ८–९ वटा उद्योग मन्त्रालयसँग र ६–७ वटा अर्थ मन्त्रालयसँग सम्बन्धित रहेको उनले बताए ।

उनले भने, ‘केही नयाँ कानुन पनि बनाउँदैछौं । करिब २७ वटा ऐनमध्ये ८–९ वटा उद्योग मन्त्रालयसँग सम्बन्धित छन् । अर्थ मन्त्रालयसँग सम्बन्धित पनि ६–७ वटा छन्, जुन अब आउँदैछन् ।’

यसैगरी, सरकारले पियर–टु–पियर (पीटुपी) लेन्डिङको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको मन्त्री वाग्लेले जानकारी दिए । राष्ट्र बैंकमार्फत यस्तो व्यवस्था अघि बढाउन आवश्यक कानुनी आधार निर्माणका लागि छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘पियर–टु–पियर लेन्डिङ भन्ने एउटा नयाँ विधि हामी लिएर आउँदैछौं, राष्ट्र बैंकमार्फत । त्यसलाई कानुनी वैधता दिने भाषा छुटेको हो कि भनेर हामीले क्याबिनेट सबकमिटीमा छलफल गरेर लगभग टुंग्याएका छौं । भुक्तानी तथा फछ्र्योट विधेयकमा कम्तीमा एउटा बुँदा भए पनि समेट्न सुझाव दिएको छु, जुन यही समितिमा आउँछ । पियर–टु–पियर लेन्डिङलाई यही वर्ष कार्यान्वयनमा ल्याउनुपर्नेछ ।’

भुक्तानी तथा फछ्र्योट विधेयकमा पियर–टु–पियर लेन्डिङलाई कानुनी मान्यता दिने व्यवस्था समेट्न सुझाव दिइएको र उक्त विषय यही समितिमा आउने उनले बताए । पीटुपी लेन्डिङलाई चालु आर्थिक वर्षमै कार्यान्वयनमा ल्याउने सरकारको तयारी रहेको उनको भनाइ थियो ।

नेपालमा यस्तो व्यवस्था अघि बढाउन ढिलाइ भइरहेको उल्लेख गर्दै मन्त्री वाग्लेले राष्ट्र बैंकले अध्ययन गरिरहेको भए पनि अब आवश्यक कानुनी आधार तयार गरी कार्यान्वयनमा लैजानुपर्ने बताए । यस विषयमा थप सचेतताका साथ काम भइरहेको उनले जानकारी दिए ।

मन्त्री वाग्लेले राजस्व संकलनमा पनि सरकार गम्भीर रहेको बताए । आर्थिक वर्ष सुरु भएयता बुधबारसम्म राजस्व संकलन एक खर्ब रुपैयाँ नाघेको उनले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?