National life
cg eloctronics

भोटेकोसी बाढीले ४०९ सवारीसाधन बगायो, १ अर्ब ४० करोडभन्दा बढीको क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1KShares
भोटेकोसी बाढीले ४०९ सवारीसाधन बगायो, १ अर्ब ४० करोडभन्दा बढीको क्षति
muktinatha bikash bank

काठमाडौं। तीन महिनाअघि भोटेकोसी नदीमा आएको बाढीले ४०९ वटा सवारीसाधन बगाउँदा एक अर्ब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ।

पूर्वाधार विकास मन्त्रालयमा मंसिर १० गते बुझाइएको प्रतिवेदनअनुसार बाढीमा परेका ३८४ वटा सवारीसाधनको अनुमानित क्षति एक अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ पुगेको छ। बाँकी २५ वटा सवारीसाधनको क्षतिको विवरण भने अझै यकिन हुन सकेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भदौ २६ गते यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा १३ सदस्यीय अध्ययन समिति गठन गरेका थिए। समितिले बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गरी प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनअनुसार बाढीले ३१२ वटा कन्टेनर, ३३ ट्रक, ३७ बस, नौ टिपर, नौ मिनी तथा माइक्रोबस, चार पर्यटकीय चारपाङ्ग्रे सवारीसाधन र तीन सार्वजनिक जिप तथा सुमो बगाएको छ। त्यस्तै, एउटा ट्रेलर र एउटा मोटरसाइकलसमेत बाढीमा परेका छन्।

everest bank

कन्टेनर तथा मालवाहक ट्रकतर्फ ३२७ वटा सवारीसाधनमा एक अर्ब १६ करोड २२ लाख १९ हजार ८७५ रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी, ३९ वटा यात्रुवाहक तथा पर्यटकीय बसमा १९ करोड ८९ लाख ६१ हजार ५०० रुपैयाँ र नौ वटा मिनीबस तथा माइक्रोबसमा तीन करोड चार लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

मानवीय क्षतितर्फ प्रतिवेदनमा ७८२ जनाको मृत्यु भएको उल्लेख छ। मृतकमा ५३२ चालक, १११ सहचालक, १०६ यात्रु र ३३ यातायात व्यवसायी रहेको जनाइएको छ। यद्यपि, प्रतिवेदनमा उल्लेखित मृत्यु, बेपत्ता तथा घाइतेसम्बन्धी पछिल्लो विवरणमा तथ्याङ्कगत भिन्नता देखिएकाले त्यसको यकिन विवरण पुष्टि हुन बाँकी छ।

बाँकी २५ वटा सवारीसाधनको क्षतिको मूल्याङ्कन पूरा भएपछि बाढीबाट भएको कुल आर्थिक क्षतिको विवरण अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?