National life

सरकारले थप १० अर्ब आन्तरिक ऋण उठाउँदै, एक महिनामै २० अर्ब परिचालन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1.1kShares
सरकारले थप १० अर्ब आन्तरिक ऋण उठाउँदै, एक महिनामै २० अर्ब परिचालन हुने
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको एक महिना नपुग्दै सरकारले दोस्रोपटक आन्तरिक ऋण उठाउने तयारी गरेको छ। सरकारले चारवर्षे विकास ऋणपत्रमार्फत थप १० अर्ब रुपैयाँ ऋण उठाउन लागेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८७’ निष्कासनका लागि बोलकबोल आह्वान गरेको छ। बोलकबोल साउन २७ गते हुने र ऋणपत्र साउन २८ गते निष्कासन गरिने कार्यालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सरकारले साउन २० गते १५ वर्ष अवधिको विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ उठाएको थियो। यससँगै चालु आर्थिक वर्षको पहिलो महिनामै विकास ऋणपत्रमार्फत २० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने भएको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। बजेट घाटा व्यवस्थापनका लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत ऋण उठाउने योजना छ।

यसैबीच, नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कुल ऋणमध्ये १५ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक र १३ खर्ब ७५ अर्ब ४२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ।

गत आर्थिक वर्षमा सरकारले लक्ष्यअनुसार वैदेशिक ऋण उठाउन नसके पनि आन्तरिक ऋणतर्फ भने करिब ९९ प्रतिशत रकम परिचालन गरेको थियो। बढ्दो ऋणसँगै साँवा–ब्याज भुक्तानीको दायित्व पनि बढ्दै गएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?