National life

आन्तरिक उडान ढिलाइमा यात्रुले क्षतिपूर्ति पाउने कानुन प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
926Shares
आन्तरिक उडान ढिलाइमा यात्रुले क्षतिपूर्ति पाउने कानुन प्रस्ताव
ncell

काठमाडौं - सरकारले आन्तरिक हवाई सेवामा उडान रद्द, स्थगन वा ढिलाइ हुँदा यात्रुलाई सुविधा तथा क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था गर्न लागेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ मा निर्धारित समयमा उडान गराउन नसकेमा सम्बन्धित वायुसेवा कम्पनीले यात्रुलाई सुविधा तथा क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकअनुसार उडान ढिलाइ हुने भएमा वायुसेवा कम्पनीले कम्तीमा तीन घण्टाअघि यात्रुलाई जानकारी गराउनुपर्नेछ। खराब मौसम, प्राकृतिक प्रकोप, विमानस्थल वा सुरक्षासम्बन्धी कारणले भएको ढिलाइ वा रद्दमा भने क्षतिपूर्ति अनिवार्य हुने छैन।

यसअघि नेपालमा उडान रद्द वा ढिलाइ हुँदा यात्रुलाई क्षतिपूर्ति दिने कानुनी व्यवस्था थिएन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले वायुसेवा कम्पनीलाई यात्रुप्रति जिम्मेवार र जवाफदेही बनाउन नयाँ व्यवस्था प्रस्ताव गरिएको बताए।

विधेयकमा ब्यागेज हराए, नष्ट भए वा क्षति पुगेमा प्रतिकिलोग्राम २० अमेरिकी डलरका दरले अधिकतम पाँच सय डलरसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यस्तै, विमान दुर्घटनामा यात्रु वा तेस्रो पक्षको मृत्यु भएमा एक लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र घाइते वा अंगभंग भएमा उपचार खर्चसहित क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएको छ।

वायुसेवा कम्पनीले यात्रु, सामान, तेस्रो पक्ष र अन्य दायित्व समेटेर अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
926SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?