National life

अनुगमन टोलीद्वारा तोकिएभन्दा कम परिमाणमा तेल बेच्ने दुई पेट्रोल पम्पमा सिलवन्दी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
494Shares
अनुगमन टोलीद्वारा तोकिएभन्दा कम परिमाणमा तेल बेच्ने दुई पेट्रोल पम्पमा सिलवन्दी
ncell

काठमाडौं । सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिलवन्दी गरिएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पमा सिलवन्दी गरेको हाे ।

उक्त टोलीले कलंकीस्थित श्यामा पेट्रोल पम्पमा पनि शिलवन्दी गरेको छ ।

र्‍यापिड रेस्पोन्स टिमले मिटर बिगारेर मूल्यभन्दा कम परिमाणमा उपभोक्तालाई पेट्रोल बिक्री गरेको आरोपमा ती दुवै पम्पमा सिल गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा रेस्पोन्स टिमले बुधबार पम्पमा सिल लगाएको हो ।

र्‍यापिड रेस्पोन्स टिममा प्रधानमन्त्रीको कार्यालयसहित सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारी सहभागी थिए ।

प्रधानमन्त्री कार्यालयमा पम्प सञ्चालकहरुले पम्पको मिटर बिगारेर कम परिमाणमा इन्धन बिक्री गर्दै आएको धेरै गुनासो आउन थालेपछि प्रधानमन्त्री दाहालको निर्देशनमा अनुगमन गर्न थालिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?