National life

अनुदानमा हिनामिना गर्ने गोरखा कृषि ज्ञान केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
823Shares
अनुदानमा हिनामिना गर्ने गोरखा कृषि ज्ञान केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ।

चैत २७ मा अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पोखरेलमाथी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख भएको बेला स्याङ्जाको गल्याङ नगरपालिकामा रहदा पकवादी कृषि सहकारी संस्थाको भवन बनाउन निर्देशनालयबाट दिइने अनुदानमा हिनामिना गरेको आरोप लागेको छ ।

पोखरेलले जग्गा यकिन नगरी नक्सा पासबिनै सहकारीसँग २८ लाख ३७ हजार २१७ रुपैयाँ अनुदान सम्झौता गरेको आयोगले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोगले निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेलसहित पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित ८ जना उपर विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?