National life

अब निर्जीवन लघुबीमा कम्पनीले ५० लाखसम्मको ‘मोटर बीमा’ गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
690Shares
अब निर्जीवन लघुबीमा कम्पनीले ५० लाखसम्मको ‘मोटर बीमा’ गर्न सकिने
ncell

काठमाडौं । लघुबीमा कम्पनीले अब ५० लाख रुपैयाँसम्मको मोटर बीमा गर्न सक्ने भएका छन् । लघुबीमाको व्यावसायिक दायरा बढाउन बीमा प्राधिकरणले संशोधन गरेको लघुबीमा निर्देशनले यस्तो व्यवस्था गरिएको हो ।

पुस १८ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त संशोधित निर्देशन स्वीकृत गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले सो निर्देशन जारी गरेको होे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
योसँगै अब लघु निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले ५० लाखसम्मको मोटर बीमा गर्न सक्ने भएका छन्।

‘निर्जीवन लघुबीमा कम्पनीहरूलाई मोटर लघुबीमा अन्तर्गत अधिकतम दायित्वको सीमा ५० लाख रुपैयाँ तोकिएको छ । यो व्यवस्था तत्काल लागू हुने प्राधिकरणले बताएको छ । यसका लागि मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३ बमोजिम मोटर तेस्रो पक्ष बीमा हुनुपर्ने प्राधिकरणको भनाई छ ।

मोटर लघुबीमा ट्रेलर, ट्र्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने, कृषि उपकरण, मोटरसाइकल, मोपेड, ट्याम्पो, रिक्सा र ठेला गाडाको मात्रै लघुबीमा कम्पनीले बीमा गर्न सक्ने व्यवस्था गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?