National life

बण्डल प्याकेजमा जोखिम राख्न मुस्किल: लघुबीमा कम्पनी,राखे पो व्यावसाय बढ्छ-प्राधिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
658Shares
बण्डल प्याकेजमा जोखिम राख्न मुस्किल: लघुबीमा कम्पनी,राखे पो व्यावसाय बढ्छ-प्राधिकरण
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आउने दिनमा लघु बीमा कम्पनीहरुलाई सामूहिक रुपमा जोखिम बहन हुने बण्डल प्याकेज प्रोडक्टतर्फ लाग्न सुझाव दिए पनि यता कम्पनीहरुले भने तयारी नपुगेको बताएका छन् । उनीहरुले एउटै प्रोडक्ट बेच्न मार्केट स्टडीलाई लामो समय खर्चिनु परेको बेलामा त्यस्तो गोलमाल गरेर प्रोडक्ट ल्याउँदा झनै नागरिकमा भ्रम सिर्जना हुन सक्ने गहिरो आशंका व्यक्त गरेका हुन्।

आर्थिक भ्वाईससँग कुराकानी गर्दै बीमा प्राधिकरणका उच्च कर्मचारीहरुले नै लघु बीमा कम्पनीहरुले ग्रामिण भेगमा लक्षित भएर बीमा गराउँनु पर्ने भएकाले उनीहरुले अब सामूहिक प्याकेजमा प्रोडक्ट ल्याउँदा नाफामा जाने बताएका छन्। ती कर्मचारीले नयाँ बीमा उत्पादन नल्याएमा लघु बीमा कम्पनीलाई आफ्नो व्यवसाय बढाउन त्यति धेरै सहज अवस्था नदेखिएको स्पष्ट पारेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विगतमा ठूला कम्पनीहरुले लघु बीमाको काम गर्न सकेनन् भनेर नै नयाँ कम्पनीहरुलाई लाईसेन्स दिइएको थियो । सो कुरा नयाँ पुराना बीमा कम्पनी र प्राधिकरण स्वयमले समेत स्वीकार गर्दै आएको अवस्था थियो ।

अहिले सिनारीयो एकाएक परिवर्तन भएको अवस्था छ । पुराना कम्पनीहरुले बेचिरहेका पुराना बीमालेख भन्दा पनि नयाँ बीमा उत्पादन, बीमालेखमा लघु बीमा कम्पनीहरु केन्द्रित हुनुपर्ने बीमा क्षेत्रका जानकारहरुले बताइरहेको अवस्था छ । हाल नेपाल सरकारको बजेट बक्तव्य र बीमा ऐनले नै माग गरेकाले लघु बीमा कम्पनीहरु संचानमा आएको भन्दै लघु बीमा कम्पनीहरुलाई संचालन इजाजत अनुमति पत्र लाइसेन्स वितरण गरे पनि लघु बीमा कम्पनीहरुले गर्नुपर्ने कामको भने स्पष्ट गाइड लाईन हालसम्म तयार नभएकाले अन्योलता सिर्जना भएको पाइन्छ।

यता बीमा प्राधिकरणकै केही उच्च कर्मचारीहरले लघु बीमा कम्पनी त बीमा ऐन र बजेट बक्तव्य दुवैले माग गरेर ल्याइएको र आवश्यक भएर ल्याए पनि लघु बीमाका लागि स्पष्ट गाईड लाईन भने तोक्न बाँकी रहेको खुलासा गरेका छन्। एउटा राम्रो गाईड लाइन र त्यसको सहि पालना भएमा लघु बीमा कम्पनीहरुलाई समेत नाफा हुने देखिन्छ । अहिले लघु बीमा कम्पनीहरु प्रविधि मैत्री बन्नु पर्ने बजारको माग छ । उनीहरुले त्यसमा भने केहीहदसम्म काम गरेको देखिन्छ । यता बजारको जोखिम अध्ययन गरेर त्यसलाई सम्बोधन गर्ने किसिमको बीमालेख जारी गर्न अग्रसर हुनुपर्ने कुरामा पनि केही बीमाशुल्क र बीमांक घटबढदेखि कतिपय प्रोडक्टहरु स्वीकृत हुने वा नहुने भन्ने पनि देखिएको छ। त्यसको साथै बीमा कम्पनीहरुले संचालनमा ल्याएका कतिपय प्रोडक्टहरु नागरिकहरुले मन नपराएको तितो यथार्थ पनि जग जाहेर नै छ।

हाल शहरी क्षेत्रमा १० लाख रुपैयाँसम्मको रोग लाग्दा नागरिकलाई सामान्य लाग्ने भए पनि गाउँको स्वास्थ्य चौकी पुगेका कतिपय नागरिकहरुलाई पाँच हजार रुपैयाँसम्मको स्वास्थ्य बीमाले पनि निकै ठूलो राहात पुग्ने देखिन्छ। अहिले लघु बीमा कम्पनीहरुले जसरी पनि आफ्नो व्यवसाय बढाउने र जनताका जोखिमलाई बीमामा जोड्ने दौडमा छन् भने बीमा प्राधिकरण पनि लघु बीमाले सफल कारोबार गर्न सफल होस् भन्ने सुझाव दिइरहेको अवस्था छ ।

लघु बीमा कम्पनीहरुले खुलेर भन्न नसके पनि उनीहरुले धेरै मानिसलाई बीमामा सहभागी गराउन चाहेका छन् । तर, त्यसमा कतै प्रचार, कतै बीमांक त कतै बीमाशुल्कले नै धेरथोर बाधा पुर्याएको देखिन्छ । लघु बीमा नेपालका लागि नयाँ पालटिङ प्रोजेक्ट जस्तो भर्खरै आएको योजना भएकाले यसमा बीमा कम्पनी र प्राधिकरण एक ठाउँमा बसेर व्यावसायीक वृद्धि हुने अन्य मोडेल समेत अपनाउनु पर्ने सिनारियो देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?