काठमाडौँ। आगामी महिना असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चार वटै ढोका १ बिहान ४ बजे नै खोलिने भएका छन्।
पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएपछि सबैले बिहानको समयमा पशुपतिनाथका चार वटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
भक्तजनले चार वटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले सहित असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका बिहान ४ बजे खोलिने छ भएको हो । यसअघि महाशिवरात्रि, हरितालिका तीज र बाला चतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।


































