National life

पशुपतिनाथ मन्दिरको दर्शनार्थ जाने भक्तजनहरूको लागि १३ बुँदे विशेष अनुरोध जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०२ फागुन २०८२, शनिबार
1.1kShares
पशुपतिनाथ मन्दिरको दर्शनार्थ जाने भक्तजनहरूको लागि १३ बुँदे विशेष अनुरोध जारी
ncell

काठमाडौं । महाशिवरात्रि–२०८२ को पावन अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनार्थ जाने भक्तजनहरूको सुरक्षा, सुविधा र सहजतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले १३ बुँदे विशेष अनुरोध जारी गरेको छ।

पशुपति क्षेत्रमा हुन सक्ने अत्यधिक भीडभाड र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले शनिबार दर्शनार्थीहरूका लागि पालना गर्नुपर्ने नियमहरू सार्वजनिक गरेको हो।

प्रहरीले जारी गरेको अनुरोधमा दर्शनार्थीहरूलाई मन्दिर आउँदा बहुमूल्य गरगहना लगाएर नआउन र साथमा महँगा सरसामानहरू नबोक्न विशेष आग्रह गरिएको छ। पशुपति क्षेत्रको वातावरण र निर्धारित मापदण्ड अनुसार प्लास्टिकका झोला, कप, प्लेट आदिको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, दूध वा गंगाजल जस्ता सामग्री ल्याउँदा टुटफुट हुने काँचका भाँडाहरू प्रयोग नगर्न समेत सचेत गराइएको छ।

मन्दिरको आन्तरिक सुरक्षा र मर्यादालाई कायम राख्न पशुपतिनाथको प्राङ्गणभित्र सबै प्रकारका मोबाइल फोन र क्यामेराको प्रयोग निषेध गरिएको छ। यसैगरी, छालाका सामानहरू जस्तै जुत्ता, चप्पल, ज्याकेट र कम्मरपेटी लगाएर मन्दिर प्रवेश गर्न नपाइने भएकाले त्यस्ता सामग्रीहरू तोकिएको सुरक्षित स्थानमा राखेर मात्र दर्शन गर्न प्रहरीले अनुरोध गरेको छ।

भक्तजनको सुविधाका लागि प्रत्येक दर्शन मार्गमा छुट्टाछुट्टै जुत्ता-चप्पल कक्षको व्यवस्था गरिएको छ। भीडभाड व्यवस्थापनका लागि प्रहरीले दर्शनार्थीहरूलाई पङ्क्तिबद्ध भएर दर्शन गर्न र अरूको अधिकार हनन हुने कुनै पनि व्यवहार नगर्न आग्रह गरेको छ।

मन्दिर दर्शनका लागि कुनै पनि प्रकारको विशेष टिकट वा पासको व्यवस्था नगरिएकाले सबैलाई समान रूपमा लाइनमा बसेर दर्शन गर्न र दर्शन सकिएपछि तुरुन्त परिसर बाहिर निस्कन भनिएको छ। शारीरिक रूपमा असक्त र ज्येष्ठ नागरिकहरूलाई सहज दर्शनको निम्ति सहयोग पुर्‍याउन पनि सर्वसाधारणलाई अपिल गरिएको छ।

सुरक्षाको दृष्टिकोणले पाकेटमाराहरू सक्रिय हुन सक्ने भएकाले आफ्नो सामानको सुरक्षा आफैं गर्न र सजग रहन प्रहरीले सचेत गराएको छ। यदि कुनै तीर्थयात्री अस्वस्थ भएमा परिसरभित्रै सञ्चालित स्वास्थ्य शिविरमा सम्पर्क गर्न र कुनै सामान वा व्यक्ति हराएमा वा अन्य कुनै समस्या परेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा जानकारी गराउन भनिएको छ।

मन्दिर र मेला क्षेत्रलाई स्वच्छ राख्न जथाभाबी फोहोर नगरी निर्दिष्ट स्थानमा रहेका शौचालयहरूको मात्र प्रयोग गर्न समेत प्रहरीले सबैमा अनुरोध गरेको छ। शिवरात्रि आइतबार परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?