National life

पशुपतिनाथको जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
681Shares
पशुपतिनाथको जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष
ncell

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको भेटिएको छ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेको हो ।

आइतबार नाप जाँचमा खटिएको टोलीले तौल गर्दा जलहरीको १०६.४३२५ केजी मापन गरिएको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १.०३७५ किलो भेटिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने भएको छ । ती अधिकृतका अनुसार बाहिर हल्ला चलेजस्तो ठुलो परिमाणमा सुनमा अनियमितता नभएको पाईएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले २०७७ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरेर करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

सुनको जलहरी राख्न ओलीले सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो ।

पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहमा सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि छानबिनको जिम्मा अख्तियारमा पुगेको थियो।

तत्कालीन प्रधानमन्त्री ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद्मा विवाद भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?