National life

आँखुखोला जलविद्युतको मुनाफा गिरावट, बित्तीय अवस्था खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ माघ २०८०, आइतबार
904Shares
आँखुखोला जलविद्युतको मुनाफा गिरावट, बित्तीय अवस्था खुम्चियो
ncell

काठमाण्डौ। आँखुखोला जलविद्युत कम्पनीको मुनाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा सहित अन्य प्रमुख सूचकहरुमा गिरावट आएको देखिएको छ ।

कम्पनीले १ करोड ५२ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४२.८५ प्रतिशतले कम हो।अघिल्लो आवको सोहि अवधिमा कम्पनीको खुद मुनाफा २ करोड ६६ लाख ५८ हजार रुपैयाँ थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल विद्युत प्राधिकरणले चालु आवको प्रथम त्रैमासमा विदुत उत्पादनमा कटौति गर्न निर्देशन दिएकाले यसको प्रभाव कम्पनीको मुनाफामा परेको कम्पनीले जनाएको छ । क्षतिपूर्ती दाबी अहिले सार्वजनिक भएको विवरणमा समावेश नगरिएको र यसका लागि विद्युत प्राधिकरणमा प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।

क्षतिपूर्ती दाबी प्राप्त भएपछि त्यसलाई अर्को त्रैमासिक प्रतिवेदनमा समायोजन गरिने कम्पनीले जनाएको छ। कम्पनीको विद्युत उत्पादन तथा वितरण खर्च भने ९ लाख ४९ हजारले घटेको छ। अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चान खर्च बढेको छ । कम्पनीको खर्च ६७ लाख ८८ हजार रुपैयाा रहेको छ ।

यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा समेत गिरावट आएको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा १२.०४ प्रतिशतको गिरावट आएको छ । यस अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १० करोड ७६ लाख १ हजार रुपैयाँमा आर्जन गरेको छ । यस अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ७ करोड २४ लाख ५७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोसह अवधिसम्म यस्तो मुनाफा ७ करोड ९७ लाख रुपैयाँ थियो । यसरी कम्पनीको सञ्चालन म सनाफामा ९.११ प्रतिशतको गिरावट आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
904SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?