National life

आइटी आर्मीको घोषणा असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्छौ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
747Shares
आइटी आर्मीको घोषणा असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्छौ
ncell

काठमाडौँ। आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगारसम्बन्धी विषयमा विभिन्न माग सहित आगामी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउको कार्यक्रम सार्वजनिक गरेको छ ।

आइटी आर्मीले वैदेशिक रोजगारीमा गएकाहरूको रगत र पसिनाले साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको कहालीलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिलाउनका लागि सचेतना अभिवृद्धि तथा जनदबाब स्वरूप २०८० साल जेठ २८ गते काठमाडौँ उपत्यकामा खबरदारी र्‍याली गरेको थियो।

यस अगाडि २०८० साल भाद्र १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे माग रहेको विशेष ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको थियो । त्यसपछि  पनि विभिन्न प्रारूपमा सङ्घर्ष र सेवाको कार्यहरू निरन्तर जारी राख्दै आए पनि समस्याको ठोस एवं दीर्घकालिक समाधान नभएकाले संघर्षमा उत्रनु परेको संस्थापक अध्यक्ष चन्द्र भूषण साहले जारी गरेको विज्ञप्तिमा समावेश गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने,  बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

सो माग पूरा गराउनका लागि जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्त्वपूर्ण कार्य विभाजन गर्ने,  जेठ २७ गते, संघर्षको कार्यक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने र असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने साहको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?