National life
cg eloctronics

भन्सार विभागको अगाडिपट्टि आजपाका कार्यकर्ता र प्रहरीबिच झडप 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ पुस २०८०, बिहिबार
1KShares
भन्सार विभागको अगाडिपट्टि आजपाका कार्यकर्ता र प्रहरीबिच झडप 
muktinatha bikash bank

काठमाडौँ । भन्सार विभाग घेराउ गर्न पुगेका आम जनता पार्टी (आजपा) को आम सम्पर्क मञ्च सम्बद्ध नेता कार्यकर्तामाथि प्रहरीले लाठी बर्साएको छ ।

भन्सार विभागको मूल गेटसम्म पुग्न समेत नदिई प्रहरीले अवरोध गरेपछि दुई पक्षीय बिच झडपको अवस्था बनेको हो । सो क्रममा सुरुमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो भने अवस्थाले चर्को रूप लिएसँगै प्रहरीले लाठीचार्ज गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आजपा आम सम्पर्क मञ्चको भन्सार कानुन सुधार संघर्ष समितिकी संयोजक रञ्जु कुमारी साहले प्रहरीले लाठीचार्ज गर्दा दुई जना सामान्य घाइते भएको जानकारी गराएकी छिन । घाइतेहरूको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

आजपाको झन्डासहित प्रदर्शनमा पुगेका उनीहरूले हरूले प्रहरीको दमन भएको भन्दै चर्को नाराबाजी गरेका थिए । भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था गलत रहेकाले त्यसको खारेजीका लागि आफूहरूले आन्दोलन गर्दै आएको  प्रदर्शनकारीको भनाई छ ।

everest bank

यो व्यवस्थाको विरोधमा गत चार महिनाअघिदेखि नै आजपाले चरणबद्ध आन्दोलन गर्दै आएपनि मागबारे सुनुवाइ हुन नसकेको उनीहरुको भनाई छ । यसैबिच आजपा र आम सम्पर्क मञ्चले सरकारले तुरुन्त सकारात्मक कदम नचाले अब भन्सार विभागमा ताल्चा लगाउने घोषणा गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?