National life

आईएमई समूहको पाँच अर्ब लगानीमा बन्ने जालपादेवी केबलकारको शिलान्यास

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
1.4kShares
आईएमई समूहको पाँच अर्ब लगानीमा बन्ने जालपादेवी केबलकारको शिलान्यास
ncell

काठमाडौँ। शनिवार कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नम्बर ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरेकी छिन् ।

परराष्ट्रमन्त्री राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने धारणा राखेकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ। यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकास प्रेमी पनि छन्। हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटेलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठुलो उपलब्धि हुनेछ।’

‘काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरूको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,’ राणाले भनिन् ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए। उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे।

‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरू निकै कम छन्। यस्ता पूर्वाधारका थप आयोजनाहरू लिएर हाम्रो क्षेत्रमा आउनुहोस्। हामी तपाईंहरूलाई स्वागत गर्दछौँ,’ उनले भने। उनले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए। जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए।

उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ। पर्यटकको बसाइँ लम्बाउन सकिन्छ। थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। थप रोजगारी सिर्जना गर्न सकिन्छ। थप राजस्व उठाउन सकिन्छ र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ।’

लम्की चुहाँ नगरपालिका वडा नम्बर ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन्। कुल ५ अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?