National life

आईपीओ निष्काशनको तयारीमा प्रभु केबलकार, बिक्री प्रबन्धकका लागि आवेदन माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
684Shares
आईपीओ निष्काशनको तयारीमा प्रभु केबलकार, बिक्री प्रबन्धकका लागि आवेदन माग
ncell

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। प्रिमियम मूल्यमा ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ । इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र कार्यालय समयमा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले एक सूचना मार्फत जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रभु ग्रुप र कम्पनीका सहायक कम्पनी प्रभु केबलकारको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । जसमा प्रभु होल्डिङ एण्ड हाइड्रो डभेलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकासको ९.८ प्रतिशत र प्रभु उर्जा कृषि प्राधिकरण विकासको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?