National life

आर्थिक सर्वेक्षण : ४५ सार्वजनिक संस्थानमध्ये २७ मात्र नाफामा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.6kShares
आर्थिक सर्वेक्षण : ४५ सार्वजनिक संस्थानमध्ये २७ मात्र नाफामा
ncell

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये अधिकांश अझै नाफामै सीमित रहेको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ।

सर्वेक्षणअनुसार १६ वटा संस्थान नोक्सानीमा सञ्चालन भइरहेका छन् भने २ वटा संस्थान हाल बन्द अवस्थामा रहेका छन्। अघिल्लो वर्ष २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सार्वजनिक संस्थानमा सरकारको लगानी पनि उल्लेख्य रहेको छ। २०८२ असारसम्म नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ पुगेको छ भने ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। यसरी कुल लगानी सेयर र ऋण गरी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको सर्वेक्षणमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?