National life

सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३६ लाख नाघ्यो, ज्येष्ठ नागरिकको हिस्सा सबैभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.2kShares
सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३६ लाख नाघ्यो, ज्येष्ठ नागरिकको हिस्सा सबैभन्दा बढी
ncell

काठमाडौँ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिने नागरिकको संख्या उल्लेखनीय रूपमा बढेर ३६ लाखभन्दा माथि पुगेको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म देशभर ३६ लाख ४१ हजारभन्दा बढी नागरिक यस योजनाबाट लाभान्वित भएका छन्।

तथ्यांकअनुसार लाभग्राहीमध्ये ज्येष्ठ नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ। ७० वर्ष नाघेका ज्येष्ठ नागरिक मात्रै १६ लाख ८० हजारभन्दा बढी छन्, जुन कुल लाभग्राहीको करिब ४६ प्रतिशत हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, ६० वर्ष पुगेका दलित ज्येष्ठ नागरिक १ लाख ५२ हजारभन्दा बढी रहेका छन् भने विशेष क्षेत्रका ज्येष्ठ नागरिकको संख्या १६ हजारभन्दा बढी छ। ज्येष्ठ एकल महिला र विधवा महिलाहरू पनि उल्लेख्य संख्यामा सामाजिक सुरक्षा भत्ता पाइरहेका छन्।

अपाङ्गता भएका नागरिकतर्फ पूर्ण अपाङ्गता भएका करिब ७० हजार र अति अशक्त वर्गका १ लाख ५० हजारभन्दा बढी व्यक्तिले भत्ता प्राप्त गरेका छन्। बालबालिकातर्फ दलित समुदायका ३ लाखभन्दा बढी तथा तोकिएको क्षेत्रका ६ लाखभन्दा बढी बालबालिका यस योजनामा समेटिएका छन्।

लोपोन्मुख आदिवासी तथा जनजाति समुदायका २१ हजारभन्दा बढी नागरिक पनि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत रहेका छन्।

भत्ता वितरणलाई थप पारदर्शी र प्रभावकारी बनाउन सरकारले सबै स्थानीय तहमा बैंकिङ प्रणाली लागू गरिसकेको छ। हाल सबै लाभग्राहीले आफ्नो भत्ता बैंक खातामार्फत प्राप्त गर्दै आएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?