National life

इजरायली आक्रमणपछि इरानका तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.3kShares
इजरायली आक्रमणपछि इरानका तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी
ncell

काठमाडौँ । इजरायलले रातभर गरेको हवाई आक्रमणका कारण इरानको राजधानी तेहरानमा तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ ।

आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका केही क्षेत्र उज्यालो बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार आक्रमणपछि लागेको आगो नजिकैको कूहसर बुलेवार्डसम्म फैलिएको छ । आगलागीले सडक किनारका घर र पसलहरूमा समेत क्षति पुर्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एक स्थानीयले भने, ‘रात एक्कासी दिनजस्तै उज्यालो भयो ।’ रातभर भएका आक्रमणमा इजरायलले विशेषगरी तेल भण्डारण र प्रशोधन संरचनालाई निशाना बनाएको बताइएको छ ।

मध्यपूर्व तनावको असर विश्व भु-राजनीतिसँगै अर्थतन्त्रमा पनि देखिन थालिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?