National life

इन्फिनिटी लघुवित्तको खुद नाफामा छलाङ, प्रतिसेयर आम्दानी १४.१० रुपैयाँ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ वैशाख २०८१, आइतबार
755Shares
इन्फिनिटी लघुवित्तको खुद नाफामा छलाङ, प्रतिसेयर आम्दानी १४.१० रुपैयाँ पुग्यो
ncell

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ठुलो परिणाममा बृद्धि भएको छ ।

संस्थाले चालु आर्थिक वर्ष २०८०- ८१ को तेस्रो त्रैमाससम्म ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २८० प्रतिशतले बढी हो । गत वर्ष संस्थाले १ करोड ३८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल इन्फिनिटीको चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा २६ करोड ५७ लाख जम्मा छ । रिटेन्ड अर्निङ भने ४ करोड ४६ लाखले ऋणात्मक छ ।

यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी १०.४० रुपैयाँले बढेर १४.१० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १४४.५० रुपैयाँ देखिएको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा बढेको हो । यसले १ करोड ५५ लाख रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ। गत वर्षको चैतसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज मात्रै ५ करोड ६५ लाख रुपैयाँ बराबरको थियो ।

यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?