National life

एनआइसी एशिया बैंकका सीईओ न्यौपानेले बुझे झण्डै ३ करोड रुपैयाँ तलव भत्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
558Shares
एनआइसी एशिया बैंकका सीईओ न्यौपानेले बुझे झण्डै ३ करोड रुपैयाँ तलव भत्ता
ncell

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले तलव भत्ता बुझेका छन् । सीईओ न्यौपानेले कुल तलव भत्ता वापत झण्डै तीन करोड रुपैयाँ बुझेका हुन् ।

बैंकले सार्वजनिक गरेको २६औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेवदन अनुसार न्यौपानेले दुई करोड ९८ लाख ६३ हजार रुपैयाँ वार्षिक तलव भत्ता वापत बुझेका छन् । उनले आर्थिक वर्ष २०७९/८० मा तलव भत्ता वापत उक्त रकम भुक्तानी गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका सिईओ न्यौपानेले वार्षिक रुपमा कुल तलव भत्ता वापत दुई करोड ४० लाख ८८ हजार रुपैयाँ, कर्मचारी बोनश वापत ५५ लाख ३७ हजार रुपैयाँ, अन्य रकम वापत एक लाख १७ हजार रुपैयाँ र अन्य सुविधा वापत एक लाख २० हजार रुपैयाँ बुझेका छन् ।

साथै, उनलाई आर्थिक वर्ष ०७९/८० मा आर्थिक वर्षको बोनश प्राप्त र अन्य सुविधा अन्तर्गत एक सवारी साधन तथा सवारी चालकसहित बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले प्रदान गरेको जनाएको छ ।

बैंकले यस आर्थिक वर्षमा कुल चार अर्ब ९६ करोड १० लाख रुपैयाँ कर्मचारी खर्चमा भुक्तानी गरेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?