National life

एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौंं वार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
553Shares
एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौंं वार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा आज मिति २०८१ साल भाद्र ११ गते मंगलबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०-०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभामा संचालक समितिको अध्यक्ष श्री सन्तोष कुमार राठीज्यूले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड भन्दा बढी आम्दानी गरी रु.१२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी गराउनु भयो ।

त्यसै गरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८१ सम्म ७,३९,८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मक ६ वटा योजना मार्फत रु.५ अर्व ५२ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको । लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकहरुबाट रु.२ अर्व ११ करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको ।

शेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा “IDEA to IPO” सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराउनु भयो । साथै क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको व्यहोरा जानकारी दिएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?