National life

एनआईसी एशिया क्यापिटलको सातौँ वर्ष पुरा, क्यापिटलले यी ७ वटा बम्पर योजना प्रदान गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ फागुन २०८०, मङ्गलबार
433Shares
एनआईसी एशिया क्यापिटलको सातौँ वर्ष पुरा, क्यापिटलले यी ७ वटा बम्पर योजना प्रदान गर्ने
ncell

काठमाडौं । एन आई सी एशिया क्यापिटलले आफ्नो स्थापनाको सातौं वर्ष पुरा गरेको छ । उक्त अवसरमा क्यापिटलबाट विभिन्न सात वटा बम्पर अफर प्रदान गरिने भएको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते संचालनमा आएको सात वर्ष पुरा गरेको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमै एक सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आधुनिक प्रविधिको अनुशरण गरी सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ्ग सेवा उपलब्ध गराई यस क्षेत्रमा नेपालको एक नेतृत्वदायी मर्चेण्ट बैंकिङ्ग कम्पनीको रुपमा स्थापित बनेको छ ।

क्यापिटल संचालनमा आएको छोटो अवधिमा नै आफ्नो शेयरधनीलाई १८७.४८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको जनाएको छ । क्यापिटलले सातौं वर्ष पुरा गर्दै गर्दा निक्षेप सदस्य सेवा अन्तर्गत ७ लाख २६ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको छ । सामूहिक लगानी कोष सेवा अन्तर्गत एउटा खुलामुखी र ५ वटा बन्दमुखी योजना मार्फत रु.५.६ अर्ब भन्दा बढी रकम परिचालन गरिरहेको छ भने पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत ६७५ जना भन्दा बढी ग्राहकहरुबाट रु २ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत समेत छोटो अवधिमा नै२२ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ भने निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म १६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, २ वटा बैंकको डिबेन्चर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र ३० वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै क्यापिटलकोIDEA to IPO सेवा अन्तर्गत २२ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न गरी ५ वटा प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई IPO निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भइसकेको छ ।

अन्य बाँकी कम्पनीहरु ? Private Placement, IPO Readiness Assessment Test (RATE) को प्रकृयामा रहेका छन् । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिरहेको ७ वटा प्रमुख सेवाहरुमा “सातौं वार्षिक उत्सवः सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर” योजना सार्वजनिक गरेको छ । उक्त योजनाहरु फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन्। सातौं वार्षिक उत्सव : सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफरहरु निम्न बमोजिम रहेका छन् ।

(१) लगानी व्यवस्थापन सेवा अन्तर्गत (PMS):

लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई न्यून लागतमा उच्च कोटिको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा वार्षिक लगानी व्यवस्थापन शुल्क मात्र रु.७/– लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०८१ बैशाख ११ गतेसम्म मात्र संचालनमा रहनेछन्।

(२) एन आई सी एशिया म्युचुअल फण्ड सेवा अन्तर्गत :

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया
डाइनामिक डेप्ट फण्ड”को Systematic Investment Plan (SIP) मा मिति २०८० फाल्गुन २२ देखि मिति २०८१ बैशाख ११ गतेसम्म सहभागि हुने इकाईधनीहरु मध्ये ७ जना इकाईधनीहरुले रु५००/– बराबरको क्यापिटलको तर्फबाट क्क्ष्ए रजिष्ट्रर गरी पहिलो किस्ता भुक्तानी गरेका इकाई धनीलाई क्क्ष्ए द्यययकतभच को सुविधा उपलब्ध गराईनेछ ।
(३) संस्थागत परामर्श सेवा अन्तर्गत :
एन आई सी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको
छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा मिति २०८० फाल्गुण २२ गतेदेखि मिति २०८१ बैशाख
११ गतेसम्म आवद्ध हुने पहिलो ७ वटा कम्पनीहरुलाई मात्र रु.७/– मा “IDEA to IPO” सेवा अन्तर्गत
क्ष्एइ जारी गर्ने तह सम्म पु¥याउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।
(४) डिम्याट खाता सेवाf (LTDR) :
हाल क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित
उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्ताको लागि मात्र “रु.७०० मा Life Time DeMat Renewal (LTDR)” (LTDR)” योजना सार्वजनिक
गरेको छ ।
(५) मेरो शेयर सेवा (LTMR) :
हाल क्यापिटललेमेरो शेयर खाता सुविधा अनलाई मध्यमबाट सहज र सर्वसुलभ तरिकावाट उपलब्ध गराउदै
आइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा आजको मितिले एक हप्तासम्मको लागि मात्र
“रु.७०० मा Life Time Mero Share Renewal (LTMR)” योजना सार्वजनिक गरेको
छ ।
(६) निःशुल्क डिम्याट खाता सेवा :
क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा
कार्यालयहरु र अनलाइन मार्फत मिति २०८१ आषाढ मसान्तसम्म निःशुल्क डिम्याट खाता खोलिदिने ।
(७) शेयर रजिष्ट्रार सेवा अन्तर्गत :
हाल क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचिकृत नभएका पब्लिक कम्पनी तथा प्राईभेट कम्पनीहरुलाई
समेत शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा
क्यापिटलले मात्र रु.७०० मा पहिलो एउटा कम्पनीलाई“OTC Markets” मा सूचिकरण गरिदिनेछ ।

यस एन आई सी एशिया क्यापिटलले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन (Portfolio Management Service-PMS) सेवा लिइरहनु भएका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्नुहुने खाताधारकहरु, सामूहिक लगानी योजनामा लगानी गर्नु भएको इकाईधनीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवारको तर्फबाट हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्न चाहन्छौं । साथै क्यापिटलको सातौं वार्षिक उत्सवको अवसरमा उपलब्ध अफरहरुको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको इमेल ठेगाना info@nicasiacapital.com वा मोवाईल नं. ९८४७ ३४५१०७ मा सोझै सम्पर्क गर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?