काठमाडौँ । ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) पुनः विश्वसकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ । केही समय अघि क्लब ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औं स्थानमा परेको हो ।
यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल भएको क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए । क्लबसँगै राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको उनको भनाइ छ ।
विश्वकका सय वटा उत्कृष्ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने श्रेष्ठँको भनाइ छ ।
क्लबलाई उत्कृष्ट स्थानमा पार्न सबै जनाको साथ र सहयोग रहेको उनले बताए । श्रेष्ठले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।
आन्तरिक तथा बाह्य पर्यटक मनोरञ्जन गर्न आउँदा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । व्यवसायकि रुपमा डिजेइङ क्षेत्रमा लाग्नेोहरूका लागि खुसी खबर रहेको उनको भनाइ छ । ’व्यावसायिक रुपमा डिजेइङमा लाग्दा विश्वाभर चिनिने अवसर पाउँछन्,’ उनले उत्साहित भने ।
क्लब तीन वर्षअघि स्थापना भएको हो । क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ । क्लबमा करिब १५० कर्मचारी कार्यरत छन् ।
एलओडीको आफ्नो विशेषता तथा क्षमताले उत्कृष्ट क्लबमा पर्न सफल भएको उनले धारणा व्यक्त गरे । क्लबमा अन्तर्राष्ट्रिय डीजे जस्तै रोमियो ब्लान्को, ट्वीन रेभ जस्ता अन्य कलाकारले प्रस्तुती दिइसकेका छन् । रेसिडेन्स डीजे रेडमस, सुरेन, नाड्ज, सरोज, अनिश र मनिटोनको रहेका छन् ।


































