National life

करेन्ट नुडल्सको ब्रान्ड एम्बासडरमा केकी अधिकारी चयन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
1.4kShares
करेन्ट नुडल्सको ब्रान्ड एम्बासडरमा केकी अधिकारी चयन
ncell

काठमाडाैं । यसोदा फुड्सले करेन्ट नुडल्स तथा स्न्याक्सका लागि अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बासडर चयन गरेको छ । सन् २०१७ मेदेखि आफ्नो व्यवसायको थालनी गरेको कम्पनीले सुरुवाती दिनमा लाली र करेन्ट ब्रान्डअन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो ।

हाल कम्पनीले विभिन्न ब्रान्डका चाउचाउ तथा स्न्याक्सहरू उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहरूमा निर्यात गर्दै आइरहेको छ । सुपर प्रिमियम सेगमेन्टअन्तर्गत कम्पनीले करेन्ट हट एन्ड स्पाइसी, करेन्ट–२ स्पाइसी, करेन्ट हट एन्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमियम सेगमेन्टअन्तर्गत करेन्ट लालीलगायतका चाउचाउहरू उत्पादनमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत, करेन्ट चिजबल, करेन्ट हट एन्ड स्पाइसी स्टिक्स, करेन्ट पोटेटो क्र्याकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एन्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ, करेन्ट मखनालगायतका प्रिमियम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरिरहेको छ ।

गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाललगायत विदेशका भारत, जापान, भुटान, दुबई, अस्ट्रेलिया, युरोप, युके, अमेरिका, क्यानडा, मलेसिया, सिंगापुरलगायतका देशमा निर्यात गरिरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्रान्डप्रतिको उपभोक्ताको दिन–प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति र ख्याति भएको कुरासमेत कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?