काठमाडौँ । कुमारी बैंकले भदौ १ गतेदेखि लागुहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसमध्ये बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.७१ प्रतिशतसम्म ब्याज दिने भएको छ।
यसमध्ये, ३ महिनादेखि ६ महिनासम्मका लागि मुद्दती निक्षेपमा रकम जम्मा गर्नेलाई ५.३० प्रतिशत ९व्यक्तिगत० र मोबाइल एपबाट जम्मा गर्नेलाई ५.५० प्रतिशत ब्याज दिने जनाएको छ ।
६ महिनादेखि १ वर्षसम्मको मुद्दतीमा ६ प्रतिशत, १ देखि २ वर्षसम्म ६.५० र २ वर्ष भन्दा माथिको मुद्दतीमा रकम राख्नेले ६.७१ प्रतिशतसम्म ब्याजदर पाउन सक्ने बैंकले जनाएको छ। संस्थागत लगानीकर्ताले भने मुद्दतीमा यस बैंकबाट ५.५० प्रतिशतसम्म ब्याज पाउने छन् ।
यता, बचत खातामा कुमारीले ५.०६ प्रतिशत र रेमिट बचत खातामा ६.११ प्रतिशतसम्म ब्याजदर तोकेको छ। त्यस्तै, बैंकले ७ वर्षसम्मको अवधि भएको घर कर्जाका लागि ९.२४ प्रतिशत ब्याजदर तोकेको छ। मोड्गेज लोनमा ९.७४ र एसएमई कर्जाका लागि ९.७४ प्रतिशत ब्याजदर तोकेको छ । असारमा बैंकको बेस रेट ८.८९ प्रतिशत रहेको छ ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/KUMARI-BANK.pdf" title="KUMARI BANK"]




































