National life

क्रिकेट खेलाडीलाई डिशहोमले हस्तान्तरण गर्‍यो घोषणा गरेको पुरस्कार रकम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
739Shares
क्रिकेट खेलाडीलाई डिशहोमले हस्तान्तरण गर्‍यो घोषणा गरेको पुरस्कार रकम
ncell

काठमाडौं । डिशहोमले घोषणा गरेको पुरस्कार रकम क्रिकेट खेलाडीलाई प्रदान गरेको छ। भैंसेपाटीस्थित आफ्नै मुख्य कार्यालय परिसरमा कार्यक्रम गरी डिशहोमले क्रिकेट खेलाडीलाई नगद पुरस्कारको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहितकुमार पौडेललगायत अन्य खेलाडी उपस्थित थिए ।

अक्टोबर २९ देखि सुरु भएको आईसीसी टी२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुरस्कारअन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ तथा एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।

एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?