काठमाडौं । हाल सञ्चालनमा भएका चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले गत आर्थिक वर्षको असार महिनासम्म १ लाख २७ हजार १८२ बीमालेख जारी गरेका छन्।
उक्त अवधिमा कम्पनीहरूले २९ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन्। गत वर्ष नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वाधिक ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

सार्वजनिक तथ्याकं अनुसार प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० हजार ४१० बीमालेख जारी गरी ९ करोड ४२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३ हजार ४०७ बीमालेख जारी गर्दै ६ करोड ८७ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
त्यस्तै ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ हजार ८९२ बीमालेख जारी गर्दै ३ करोड २७ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

































