काठमाडौँ । चिरख्वा हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार हाइड्रोपावरले १२ लाख ४१ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । यस अगाडि पुस मसान्त मसान्तसम्म यस कम्पनीले ८ लाख ७९ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
हालसम्म यस कम्पनीले विद्युत् बिक्रीबाट कुनै आम्दानी गरेको छैन ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । रिटेड अर्निङ ४७ लाख ५ हजार रुपैयाँ ऋणात्मक छ ।
































