National life

चिरख्वा हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
633Shares
चिरख्वा हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुँदै
ncell

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भोलि बिहीबार हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट गर्ने भएको हो।

आईपीओ बाँडफाँट कार्यक्रम दिउँसो १ बजे आरबीबी मर्चेन्टकै कार्यालयमा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यो आईपीओ प्रि–अलोटमेन्टको काम सोमबार सकिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आईपीओ बिक्री खुला गरेको थियो। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १२ लाख १२ हजार ६४५ आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका छन्।

यो आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ। यस हिसाबले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ८५ हजार ९३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। चिरख्वा हाइड्रोपावरको आईपीओमा ११ लाख बढी आवेदकको हात खाली हुने छ।

यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?