काठमाडौँ । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । यही चैत्र ७ गते बुधवारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जानकारी दिएको छ ।
नियमित मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द रहने कम्पनीको भनाई छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने बताइएको छ ।
केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ । उक्त दिन सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

































