National life

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा.गौतम र सि.ए.वशिष्ठ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
779Shares
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा.गौतम र सि.ए.वशिष्ठ नियुक्त
ncell

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा प्रा.डा.ध्रुव कुमार गौतम र सि.ए.मन्दिप वशिष्ठ नियुक्त भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहीबार सम्पन्न क्यापिटल सञ्चालक समितिको ४८ औं बैठकले स्वतन्त्र सञ्चालक पदमा गौतम र वशिष्ठलाई नियुक्त गरेको जानकारी दिएको छ ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्।

यस्तै, सि.ए.मन्दिप वशिष्ठले नेपाल बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आइएफआरएस समेत गरेका छन। विशेष गरी एसएमइ क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुको लागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव भएका सि.ए वशिष्ठसंग स्वीस राजदूतावास तथा युएसएड को एसएमइज फर ग्रोथ फाइनान्सिङको विशेषज्ञको रूपमा सफल कार्य गरेको अनुभव रहेको छ ।

नव नियुक्त स्वतन्त्र सञ्चालक द्वय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए.मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
779SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?