National life

टीकापुरको सरकारी जग्गा व्यक्तिकरण गर्न सहयोग गर्ने २४९ जनाविरुद्ध अख्तियारको मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
626Shares
टीकापुरको सरकारी जग्गा व्यक्तिकरण गर्न सहयोग गर्ने २४९ जनाविरुद्ध अख्तियारको मुद्दा
ncell

काठमाडौं। नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने निर्णय प्रक्रियामा संलग्न भएका २४९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको जनाकारी दिएका छन् । कैलालीको टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा नक्कली रसिद बनाई जग्गा व्यक्तिका नाममा ल्याइएको अख्तियारले जानकारी दिएको छ।

समितिका अध्यक्ष, पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको उजुरी परेपछि अख्तियारले उक्त विषयमा छानबिन थालेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघरसंस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा सो नगरी निम्न बमोजिमका नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरु खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको छ ।

सोही बमोजिमका नगर विकास समितिका पदाधिकारी, कर्मचारीहरु तथा प्रथम तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत सुक्रिबिक्री हुँदै हाल कायम जग्गाधनीहरुको हकमा निम्न बमोजिमको बिगोसहितको सजायको मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको ’ अख्तियारले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?