National life

तिहारमा चिनीको मूल्य घट्ने निश्चित भएको होइन: खाद्य व्यवस्था कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
1.3kShares
तिहारमा चिनीको मूल्य घट्ने निश्चित भएको होइन: खाद्य व्यवस्था कम्पनी
ncell

काठमाडौँ । चिनीको खपत बढी हुने चार्ड तिहारमा चिनीको मूल्य सस्तिने वा पहिलेकै कायम हुने भन्ने विषयमा अन्योल रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

यस वर्षको तिहार लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इन्डियाबाट १५० मेट्रिक टन चिनी आयात गर्ने तयारी अन्तिम चरणमा रहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।

५० प्रतिशत भन्सार छुटमा उक्त परिमाणमा चिनी आयात गरिरहेको कारण तिहारमा चिनीको मूल्यमा सामान्य हेरफेर हुन सक्छ कि भन्ने आकलन गरिएको भएपनि मूल्य सस्तिन्छ भन्नेमा कुनै निश्चित नभएको सुवेदीले  बताएकी छिन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० हजार टन चिनी आधा भन्सार छुटमा आयात गर्न लागेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसका साथै उनीहरूको नियमित कोटाको चिनी पनि आयात भइरहेको छ।

संस्थानका एक अधिकारीहरूका अनुसार भन्सार छुटबाट आउने चिनीको मूल्य प्रतिकिलो १०० रुपैयाँ भन्दा कम पर्न जान्छ कि भन्ने अपेक्षा रहेपनि त्यसको विषयमा अहिले नै केही भनी हाल्ने अवस्था नभएको जानकारी दिएका छन् ।

ढुवानी खर्च र अन्य लागत यथावत् रहने भएकाले अन्तिम मूल्य कति हुने भन्ने यकिन भई नसकेको उनको भनाई छ । निजी व्यवसायीहरूले भने आफूहरूलाई पनि भन्सार छुटमा आयात गर्न दिए किलोको ९९ रुपैयाँमा चिनी बेच्न सक्ने दाबी गरेका छन् ।

अहिले बजारमा चिनीको मूल्य १२० रुपैयाँसम्म पुगेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वको अवसरमा ५ रुपैयाँ छुटसहित प्रतिकिलो १०२ रुपैयाँ ५० पैसामा बेचिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले २ किलोको प्याकेट २२५ रुपैयाँमा बेचिरहेको छ भने भाटभटेनीले प्रतिकिलो १०८ रुपैयाँमा बेचिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?