National life

देशमा आर्थिक संकटको समाधान विषय बहस गर्न एक्यानले राष्ट्रिय सम्मेलन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ वैशाख २०८१, बुधबार
572Shares
देशमा आर्थिक संकटको समाधान विषय बहस गर्न एक्यानले राष्ट्रिय सम्मेलन गर्दै
ncell

काठमाडौँ । नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ(एक्यान)ले हाल देशमा भएको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

एक्यानले'Crisis to Rise,unlockingEconomicPotential in Disguise' विषयमा केन्द्रित रहने सम्मेलन यही चैत्र २७ गते बिहीबार काठमाण्डौस्थित होटल एभरेष्टमा आयोजना गर्न लागिएको छ । उक्त कार्यक्रममा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा विशेष बहस हुने आयोजक संस्थाको भनाई छ ।

उक्त सम्मेलन राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन्  ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उद्घाटन सत्रमा अर्थमन्त्री वर्षमान पुन,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी, माननीय शिक्षामन्त्री सुमना श्रेष्ठलगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रलाई जोडेर विशेष बहस हुने भएको छ। पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा किनोट स्पिकरका रुपमा रहने सो सत्रमा नेपाल उद्योग परिसंघका  अध्यक्ष राजेश कुमारअग्रवाल,नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग वाणिज्य महासंघकि पूर्व अध्यक्ष भवानी राणा, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले विशेष बहस गर्ने कार्य तालीका रहेको छ ।

कार्यक्रमलाई नबिल बैंक लिमिटेडका डेपुटी सिइओ मनोज ज्ञवालीले मध्यस्थता गर्नेछन् । कार्यक्रमको तेश्रो सत्रमा नेपालको समृद्धिको र आर्थिक विकासका विषयमा बहस हुनेछ । पूर्व मन्त्री मिनेन्द्र रिजाल कि नोट स्पिकरका रुपमा रहने सो कार्यक्रममा पूर्व मन्त्री बिमलाराज पौड्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ,राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीश चन्द्र पोखरेल र अर्थविद विश्वास गौचनले बहस गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई वरिष्ठ सञ्चारकर्मी दिल भुषण पाठकले मध्यस्थता गर्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?