National life

नगद लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
635Shares
नगद लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
ncell

काठमाडौँ। युनिलिभर नेपाल लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १२ का लागि सभा आह्वान गरेको हो ।

दिउसो ४.३० बजेदेखि सुरु हुने उक्त सभामा गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण सहितको २०८१ असार मसान्तसम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिने प्रस्ताव रहेको छ ।

सभामा चालु आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरूमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असोज २७ गतेसम्म कायम शेयर धनीहरू मात्रै कम्पनीको लाभांश पाउने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?