National life

युनिलिभर नेपालको बिक्री आम्दानी घट्यो,प्रतिसेयर आम्दानी २०७९ रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ माघ २०८०, शुक्रबार
1.4kShares
युनिलिभर नेपालको बिक्री आम्दानी घट्यो,प्रतिसेयर आम्दानी २०७९ रुपैयाँ
ncell

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८० प्रतिशतले कम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १४.५० प्रतिशत घटेको छ भने कुल खर्च १०.६९ प्रतिशत घटेको छ।

कम्पनीको रिटेन्ट अर्निङ १३.३१ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । नगद मौज्जाद १ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीले मुद्दती निक्षेपमा २ अर्ब १७ करोड लगानी गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २०७९ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको ईपीएस १ हजार ९८७ रुपैयाँ थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ७२२ रुपैयाँबाट बढेर ४ हजार २१४ रुपैयाँ पुगेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?