National life

मेरो माइक्रोफाइनान्सको नाफा ३६२.५९ % ले वृद्धि ,अन्य सुचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
756Shares
मेरो माइक्रोफाइनान्सको नाफा ३६२.५९ % ले वृद्धि ,अन्य सुचक कस्ता ?
ncell

काठमाडौं। मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

यसअवधिमा खुद नाफा ३६२.५९ प्रतिशतले बढेर २१ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ५४ लाख २० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज २०८१ को असार मसान्तसम्म आइपुग्दा १ करोड ९४ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ । यता, सञ्चालन नाफा ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ १९ करोड ६२ लाख रुपैयाँ र रिजर्भको आकार ६० करोड २७ लाख रुपैयाँ रहेको छ । गत आवसम्म कम्पनीको रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँमा सीमित थियो। अवधिमा कम्पनीले ३ अर्ब ४० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने १३ अर्ब ८५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १४।८७ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.६३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६०.५३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ११८.१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.०८ गुणा र तरलता अनुपात ५.४७ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
756SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?