National life

नबिल बैंकको ऋणपत्र निष्काशन, ९ प्रतिशत ब्याज पाईने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
648Shares
नबिल बैंकको ऋणपत्र निष्काशन, ९ प्रतिशत ब्याज पाईने
ncell

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

नबिल बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ ।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । उक्त ऋणपत्र३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकको जानकारी छ ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?