काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा हरियाली फर्किएको छ । दैनिक रुपमा निरन्तर ओरालो लागेको पुँजी बजारमा आज साताको अन्तिम कारोबारका दिन सुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अकंले बढेर २६६६.३८ बिन्दुमा कायम भएको छ।
आज १२ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको २.६६ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ३.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५० प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको हो ।
आज २२९ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मात्र घटेको हो । ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आज सीएचडीसी हाइड्रोपावरको शेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २४ करोड १२ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।


































