National life

नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ कात्तिक २०८१, बिहिबार
1.2kShares
नेपाल एयरलाइन्सको उडान तालिका परिवर्तन
ncell

काठमाडौं । भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द रहने भएपछि नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।

योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडान ९ः१५ बजे सारिएको छ । त्यस्तै ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।

त्यसैगरी काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौँ अवतरण हुने समय पनि परिवर्तन भएको छ ।

यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाडौँमा अवतरण हुनेगरेकोमा अब ९ः२५ मा आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?