National life

त्रिभुवन विमानस्थलमा प्रहरीको ज्यादती : कार्यालयका प्रमुख हमालमाथी लाठी प्रहार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ माघ २०८०, शुक्रबार
792Shares
त्रिभुवन विमानस्थलमा प्रहरीको ज्यादती : कार्यालयका प्रमुख हमालमाथी लाठी प्रहार
ncell

काठमाडौं । त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारी कुटपिट गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेको विमानस्थल स्रोतले जनाएको छ।

शुक्रबार बिहान आफ्नो काम सकेर फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका छन् ।

मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।

अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालले दिएको जानकारी अनुसार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको थियो । छलफलमा जो दोषी देखिन्छ उसलाई कारबाही गर्ने भनी सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो ।

हमालले प्रहरीको ज्यादती बढी भयो भनी कुरा गर्ने बित्तिकै सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेका थिए । त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि समेत आक्रमण भएको छ ।

हमालका अनुसार प्रहरी कर्मचारीले पछाडिबाट आफूमाथि समेत लात्ती प्रहार गरेका बताएका छन् । हमालले भने प्रहरीको ज्यादती देखिएकै हो । यो राम्रो कदापी होईन ।

 

यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?