National life

नेपालको वैदेशिक व्यापारमा क्रमिक सुधारः ८ महिनामा साढे ११ खर्ब बढीको आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
824Shares
नेपालको वैदेशिक व्यापारमा क्रमिक सुधारः ८ महिनामा साढे ११ खर्ब बढीको आयात
ncell

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा १५.२९ प्रतिशतले वृद्धि भएको छ।

भन्सार विभागका अनुसार सो अवधिमा कुल व्यापार १३ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयातमा ११ प्रतिशत निर्यातमा ५७ प्रतिशतले वृद्धि

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालमा ११.०२ प्रतिशतले आयातमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको भएको थियो ।

वैदेशिक व्यापारमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार घाटामा पनि ६.२२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबर पुगेको छ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?