National life

नेपाली विद्यार्थीको पहिलो रोजाई बन्यो जापान: अमेरिका तेस्रो स्थानमा, कुन देशमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
648Shares
नेपाली विद्यार्थीको पहिलो रोजाई बन्यो जापान: अमेरिका तेस्रो स्थानमा, कुन देशमा कति ?
ncell

काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि बाहिरिनेको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार वैदेशिक अध्ययनका नेपाली विद्यार्थी सबैभन्दा बढी जापानका लागि अनुमति लिएका छन् । जापानमा अध्ययनका लागि ९ हजार ६३८ जनाले अनुमति पत्र लिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, जापान पश्चात् दोस्रो नम्बरमा संयुक्त अधिराज्य ९बेलायत० नेपाली विद्यार्थीको रोजाइमा रहेको छ । बेलायतका लागि तीन महिनाको अवधिमा ५ हजार ४५३ जना नेपाली विद्यार्थीले अध्ययन अनुमति पत्र लिएका छन् ।

गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक अध्ययन अनुमति पत्र लिएको आधारमा अमेरिका नेपाली विद्यार्थीहरूको तेस्रो आकर्षक गन्तव्य बनेको छ । अमेरिकाका लागि ३ हजार ६४ जनाले समीक्षा अवधिमा अध्ययन अनुमति पत्र लिएका छन् ।

यस्तै, अस्ट्रेलियाका लागि २ हजार २६२, भारतका लागि एक हजार ४४७, दक्षिण कोरियाका लागि ९९४, क्यानडाका लागि ९११ जनाले अध्ययन अनुमति पत्र लिएको तथ्यांकमा उल्लेख छ ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/10/२०८१।०४।०१-देखि-२०८१।०६।३०-गतेसम्मको-विवरण-1_quhfxm9.pdf" title="२०८१।०४।०१ देखि २०८१।०६।३० गतेसम्मको विवरण (1)_quhfxm9"]

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?