National life

राष्ट्र बैंकको नयाँ व्यवस्था: विद्यार्थीलाई विदेशी मुद्रा सटहीमा थप सुविधा

विद्यार्थीहरूले मासिक निर्वाह खर्चका लागि २,५०० देखि ५,००० अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.8kShares
राष्ट्र बैंकको नयाँ व्यवस्था: विद्यार्थीलाई विदेशी मुद्रा सटहीमा थप सुविधा
ncell

काठमाडौं । वैदेशिक अध्ययनका लागि आवश्यक बैंक ब्यालेन्स सम्बन्धी व्यवस्था राष्ट्र बैंकले केही सहज बनाएको छ। अब विद्यार्थीहरूले विदेशका शैक्षिक संस्थाहरूमा देखाउनुपर्ने रकमभन्दा अधिकतम ५ प्रतिशतसम्म थप विदेशी मुद्रा खातामा राख्न पाउने भएका छन् ।

केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारत बाहेकका अन्य मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दिइने सटही सुविधा थप लचिलो बनाएको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार, सम्बन्धित देशका दूतावास वा सरकारी निकायले आवश्यक ठानेमा विद्यार्थीको भिसा प्रक्रिया, नवीकरण वा दैनिक खर्चका लागि आवश्यक रकममा ५ प्रतिशतसम्म थप विदेशी मुद्रा खातामा देखाउन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, केन्द्रीय बैंकले तोकेको परिवर्त्य विदेशी मुद्राबाहेकका स्थानीय मुद्रामा रकम देखाउनुपर्ने अवस्थाहरूमा आवश्यक कागजातका आधारमा सटही सुविधा उपलब्ध गराइने व्यवस्था पनि गरेको छ ।

विनिमय दरको उतारचढावका कारण थप खर्च अनुमान गर्न कठिन हुने अवस्थामा पठाउनुपर्ने रकममा अधिकतम ५ प्रतिशतसम्म थप गरी विदेशी मुद्रा पठाउन सकिने प्रावधान पनि समावेश गरिएको छ ।

विद्यार्थीहरूले मासिक निर्वाह खर्चका लागि २,५०० देखि ५,००० अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन्, जुन रकम अभिभावकले नेपालबाट पठाउन सक्नेछन् । अन्य शैक्षिक शुल्कहरू भने आवश्यक कागजातका आधारमा स्वीकृत गरिनेछ ।

साथै, अब आवश्यक कागजातहरू डिजिटल हस्ताक्षरमार्फत प्रमाणित भएमा पनि मान्य हुने व्यवस्था गरिएको छ, जसले प्रक्रिया अझै सहज बनाउने अपेक्षा गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?