National life

पर्यटकीय स्थल जलजलाको पर्यटन प्रवद्र्धनका लागि आवासीय पदयात्रा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
527Shares
पर्यटकीय स्थल जलजलाको पर्यटन प्रवद्र्धनका लागि आवासीय पदयात्रा
ncell

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदथात्रा सुरु भएको छ ।

उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवद्र्धनका लागि ‘घुम्न जाऔं जलजला’ भन्ने नारासहित आवाशीय पदमार्ग सुरु गरिएको हो । सोमबार सदरमुकाम लिवाङबाट हिंडेको करिब स्य ५० जनाको टोली राति ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ ।

टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख डिएसपी भरत लामा, उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकारसहित छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकाका साथै थबाङ र सुनछहरी गाउँपालिकाले गर्नेछन् । पूर्वअर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचार–प्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताए ।

आफूहरुको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको भन्दै उनले स्वदेशी र विदेशी पर्यटकीय गन्तव्यका रुपमा जलजलालाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका कामहरु अघि बढिरहेको उल्लेख गरे ।

मंगलबार साँझ जलजलामा विशेष सांस्कृतिक साँझ आयोजना गरिएको छ । कार्यक्रममा गीत र नृत्य प्रस्तुतिका साथै कविता, गजल र हाइकु बाचन हुने पुनले बताए । यसअघि पदयात्राको पहिलो दिन सोमबार साँझ ओखरेनीमा पनि त्यस्तै कार्यक्रम भएको जानकारी उनले दिए । पदयात्रा बुधबार थबाङ पुगेर समापन हुने उनले बताए ।

जलजला पहाड समुद्र सतहबाट करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित रमणीय स्थल हो । जलजला थबाङ नगरपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको संगमस्थलका रुपमा रहेको छ । झट्ट हेर्दा तीनै पालिकाको टोपी आकारमा यो रहेको छ ।

जलजला पुग्नेलाई अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी, नीलगिरि र पुथाजस्ता हिमालको मनोरम दृष्यले लोभ्याउँने गरेको छ । उचाइमा भएका कारण मौसम खुलेका बेला जिल्लाको अधिकांश भू–भाग देख्न सकिन्छ ।

जलजला लोपोन्मुख रेड पान्डाको बासस्थानका रुपमा पनि परिचित छ । जलजलामा चितुवा, भालु, बँदेल, हरिण, घोरल, थार र रतुवाजस्ता जंगली जनावरका साथै डाँफे, मुनाल, कालिज, प्यूरासहित सयौं प्रकारका चराचुरुङ्गी पाइन्छ । यस्तै १४ प्रजातिका लालीगुराँस फुलेर हिउँदमा जलजला दुलही झैं सिँगारिएको हुन्छ । लोपोन्मुख सेतो लालीगुराँस पनि यहाँ पाइन्छ ।

जलजला पाँचऔले, जटामसी, चिराइतो, सुनगाभा, सुगन्धवाल, दालचिनी, सुनाखरी, पदमचाल, बोजो, कचुर, पुदिना, टिमुरजस्ता बहुमूल्य जडीबुटीको प्राकृतिक भण्डार पनि हो ।

पछिल्लो समय हिउँ पर्ने समयमा हिउँसँग खेल्न पनि मानिसहरु जाने गरेका छन् । यस्तै त्यहाँको दलदले जमिनमा टेक्न पाउँदा मानिसहरु धेरै रमाउँछन् । ४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसे मैदान पनि छ ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?